पोखरामा नयाँ ‘मिष्टर नेपाल’ को खोजी, अडिसन जेठ ६ गते
पाेखरा | जेठ ४, २०८०
पोखरा: मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो।
पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगायत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् ।
चितवन अडिसनबाट करिब १० देखि १५ जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा पुनः अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ ।
प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक बुटवल, चितवन, दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

